न्यूजील्याण्डको कोरोना कोषमा ३१ हजार डलरभन्दा बढी संकलन, २ सय ६ जना विद्यार्थीलाई सहयोग

न्यूजील्याण्ड: गैर आवासीय नेपाली संघ न्यूजिल्यान्डले समस्यामा परेका नेपाली विद्यार्थीलाई २७ हजार डलरभन्दा बढीको राहत वितरण गरेको छ । एनआरएनए न्यूजील्याण्ड अध्यक्ष लाल केसीका अनुसार अहिलेसम्म २ सय ६ विद्यार्थीलाई २७ हजार ८ सय १० डलर वरावरको राहत वितरण गरिसकिएको हो ।

अध्यक्ष केसी आफैले १० हजार डलर सहयोग गरेर कोष खडा गर्नुभएको थियो । कोषमा रकम संकलन हुने क्रम समेत जारी छ । अहिलेसम्म न्यूजील्याण्डमा १ सय ८८ ब्यक्तीहरुबाट ३१ हजार ८ सय ६ डलरभन्दा बढी संकलन भएको हो ।

त्यस्तै, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्तले न्यूजील्याण्डमा अस्ट्रेलियास्थित दूतावास र न्यूजिल्यान्डकै विभिन्न स्थानमा क्रियाशील अन्य संस्था एवं व्यक्तिहरूसँग समन्वय गरी २७ हजार डलरभन्दा बढीको राहत वितरण गरिएकोप्रति खुसी ब्यक्त गर्नुभएको छ ।

न्यूजील्याण्डमा ८ सदस्यीय सहयोग समिति सक्रिय छ । एनसिसीले कोष व्यवस्थापन समिति गठन गरी आपतकालीन सहयोग कोष सञ्चालन गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जानकारी सम्प्रेषण, सम्पर्क समेत गरिरहेको छ ।

त्यस्तै, एनआरएनएले घुम्न आउने क्रममा रोकिनुभएका धेरैको खर्च र मेडिकल बिमाको म्याद सकिँदा नेपाल पठाइदिन अग्रह गरेको
छ । उहाँहरूको उद्धार कसरी हुन सक्छ भनेर संघले विभिन्न प्रयास गरिरहेको जनाइएको छ ।


प्रकाशित | १२ बैशाख २०७७, शुक्रबार १५:०४