कांग्रेस दोलखा जिल्लामा समाप्तीको दिशातर्फ उन्मुख हुँदैछ: पार्वत गुरुङ

चरिकोट : पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिट ब्युरो सदस्य पार्वत गुरुङले दोलखा जिल्लाबाट नेपाली कांग्रेस समाप्तीको दिशातर्फ उन्मुख भइरहेको बताउनु भएको छ । नेकपा एमाले कालिन्चोक गाउॅपालिका ४ नम्बर वडा कमिटीको चुनावी कोण सभालाई सम्वोधन गर्नु हुँदै नेता गुरुङले कांग्रेसहरु कार्यकर्ता विचलीत अवस्थामा कहाँ भोट हाल्ने भन्ने अलमलमा रहेको बताउँदै अर्को चुनावपछि दोलखा जिल्लामा कांग्रेस समाप्तीको दिशातर्फ उन्मुख भइरहेको बताउनु भएको हो ।

‘जीवनभर कांग्रेस भनेर बस्नेहरु कहाँ भोट हाल्ने भनेर अलमलमा परेका छन्’, नेता गुरुङले भन्नु भयो, ‘माओवादीको त कुरै नगरौ । अब माओवादीलाई साथ दिनु भनेको आत्माघाती काम हो । स्थानीय चुनावपछि दोलखामा माओवादीको पनि अस्तित्व नामेट हुनेछ ।’

कांग्रेस, माओवादी र समाजवादीलाई भोट हाल्ने अवस्थामा दोलखा जिल्लाबासी नरहेको बताउँदै एमालेलाई भोट हाल्ने विषयमा भने कही अलमल नभएको बताउनु भयो । गठबन्धनमा कसैले रुखमा, कसैले हसिया हतौडामा भोट हाल भन्दा जनता भ्रममा परेको र यस्तो खालको गाईजात्रा तथा भद्रगोलले उनीहरु आफै समाप्तीको दिशातर्फ उन्मुख भइरहेको उहाँको भनाई छ ।

कालिन्चोक गाउँपालिका प्रमुखमा एमालेले योग्य, इमानदार र असल ब्यक्तीलाई उम्मेदवार बनाएको उहाँले बताउनु भयो । नेता गुरुङले भन्नु भयो, ‘सामाजीक भावनाले प्रेरित गणेश शिवाकोटी जितेर समाजसेवा र समाजको रुपान्तरणको काम गर्छु, विकास गर्छु भनेर नभई जुन दिनदेखि राजनीतिक चेतना भयो, त्यो दिनको शुरुवातदेखि नै समाजसेवामा सर्मपीत रहँदै आएको, सबैसँग घुलमिल हुन सक्ने, मिल्न सक्ने, समन्वय गर्न सक्ने र सबैसँग साझा रुपमा प्रस्तुत हुन सक्ने ब्यक्ती हो ।’

कुनै पनि विषयमा प्रश्न उठाउनु नपर्ने कही कतै विवादमा नभएको ब्यक्तीलाई एमालेले उम्मेदवार बनाएको भन्दै कालिन्चोक गाउँपालिकाको समृद्धिको लागि गाउँपालिका प्रमुखका उम्मेदवार शिवाकोटी र उपप्रमुखको उम्मेदवार कविता थामीलाई विजयी गराउन आह्रवान गर्नु भयो।


प्रकाशित | २१ बैशाख २०७९, बुधबार १५:५४