एनआरएनए जापानको नवौं राष्ट्रिय महाधिवेशन तयारी पुरा

टोकियो: गैर आवासीय नेपाली संघ जापानको अधिवेशनको तयारी पूरा भएको छ । यही सेप्टेम्बर ६ तारिख शुक्रवार टोकियोको नाकानो जिरो हलमा हुने संघको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको हो ।

अधिवेसनमा २०१९- २१ कार्यकालको लागि नेतृत्व छनौट तथा आठौं कार्यकालमा गरिएको कामको प्रतिवेदन प्रमुख रहने छ। महाधिवेसनमा आईसिसि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु संगै अन्य राष्ट्रबाट पनि एनसिसि अध्यक्ष लगायतको उपस्थिति रहने छ ।

युवाहरुको जोश ,जागर र आत्मबल बडाउनका साथै प्रेरणा युक्त उर्जा मुलक सन्देशको लागि ‘वर्तमान सन्दर्भ मा प्रवासी युवा हरुको दायित्व र चुनौती’ बिषयक मोटिभेसन मनतव्य महानायक राजेश हमाल बाट हुने छ।साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुति रहने महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो।

सन १९-२१ को कार्यकालको लागि निर्वाचन समितिले मिति २०१९ सेप्टेम्बर ८ तारिक आईतवार, निर्वाचन सम्पन्न गर्ने र निर्वाचन बिधुतिय माध्यम (अनलाईन) बाट गर्ने बताईएको छ ।

एनआरएनए जापानको आगामी अधिवेशनले अध्यक्ष १,वरिष्ठ उपाध्याक्ष १, उपाध्याक्ष ५-महिला,युवा,क्षेत्र र खुल्ला २०, महासचिव १, सचिव ३ ,१ क्षेत्र, खुल्ला २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, ८ सदस्य एक महिला सहितको निर्वाचन गर्नेछ ,भने आईसिसि सदस्य २, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १,कोषाध्यक्ष र महिला संयोजक निर्विरोध भई सकेको निर्वाचन प्रमुख आयुक्त राजन प्रधानाङग ले जानकारी दिनु भयो।

नवौं राष्ट्रिय अधिवेसन को लागि पंजिकृत सदस्य, आईसिसि,संघ संस्था ,क्षेत्रीय समिति र सम्वन्धित सरोकारवाला लाई निमन्त्रणा पठाई सकिएकोले कुनै कारणबस निमन्त्रणा छुटेमा यसै लाई आधारमानि उपस्थितिको लागि अध्यक्ष टासि वाङदी लामाले अपिल गर्नु भएको छ।


प्रकाशित | १८ भाद्र २०७६, बुधबार १०:५८