डेनमार्कवासी नेपाली समुदायलाई अझै सावधानी अपनाउन एनआरएनए डेनमार्कको अपिल

आदरणीय डेनमार्कवासी नेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक नमस्कार

सारा संसार कोराना महामारीले अक्रान्त रहेको सर्विदितै छ । यस महामारीको प्रभावलाई न्यूनीकरण गर्न डेनमार्कमा लागू गरिएको बन्दाबन्दी (लकडाउन सहित कष्टकर अवस्थाको सामना झण्डै दुई महिना गर्दै आईरहेका छौँ । यस बिचमा नेपालीहरुको गंभिर बिरामी वा अप्रिय घटना सुन्न परेको छैन । हाल यस महामारी प्रकोपको स्थिति खासै नियन्त्रयणमा नआई सकेको भएता पनि डेनिस सरकारले लकडाउन क्रमश खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ । सो बमोजिम यही मे १६ देखि अधिकॉस व्यवसाय लगायतका गतिविधिहरु सुचारु हुन थालेकोले धैरै जना साविक दैनिकीमा फर्कनु पर्ने भएको छ ।

सबैतिर भिडभाड बाक्लिएकोले थप संक्रमणको जोखिम पनि स्वाभाविक रुपमा बढ्ने हुँदा सामजिक दुरी कायम राख्ने लगायतका सजगतापूर्ण जीवनशैली अझै अनिश्चित कालसम्म जारी राख्नु पर्ने हुन सक्छ । तसर्थ मानिसको चहलपहल सामान्य जस्तो देखिन थालेता पनि सबैले संभावित संक्रमण बाट बच्न र बचाउन आ-आफ्नो व्यक्तिगत होशियारी र सतर्कतामा थप ध्यान दिनेछौ भन्ने विश्वास जाहेर गर्न चाहन्छौँ । कदाचित अप्ठ्यारो अवस्था आईपरेमा जानकारी गराउन हुन अनुरोधका साथ नेपाली समुदायको लागि यथासंभव सहयोगको निम्ति एनआरएन, डेनमार्क सदा तत्पर रहेको अवगत गराउन चाहन्छौ । धन्यवाद


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार ०९:५७