देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, भोलि गठबन्धनको बैठक

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नु भएको छ ।

छलफलमा चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा नेताहरूबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । त्यस्तै, सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति पनि भएको छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १३:१९