बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग २–१ ले पराजीत

एजेन्सी : प्रि–सिजन टुरअन्तर्गत जापानमा आजदेखि सुरु भएको राकुटेन कप फुटबलमा स्पेनिस बार्सिलोना र इंग्लिस क्लब चेल्सीसँग २–१ ले पराजीत भएको छ ।

खेलमा चेल्सीका लागि खेलको ३४औं मिनेटमा टामी अब्राहमले गोल गरे भने, ८१औं मिनेटमा रोस बार्केलीले गोल गरे । बार्सिलोनाका लागि ९० मिनेटपछिको इन्जुरी समयमा इभान राकिटिकले गरे ।

दोस्रो हाफमा नयाँ टोली खेलाएको बार्सिलोनाले खेलमा फर्किन सुरुबाटै आक्रामक खेल खेले पनि चाँडै गोल गर्न सकेन । चेल्सीका गोलकिपर किपाले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाका खेलाडीको प्रहारले जाली चुम्न पाएन ।


प्रकाशित | ७ श्रावण २०७६, मंगलवार १८:४५