आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।  बैंकले बिक्री गर्न लागेको उक्त टे«जरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको टे«जरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार ११:५९