एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिको लागि एकताबद्ध हुन अध्यक्ष साहको आह्रवान

न्यूर्याक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको बलियो उपस्थितिको लागि एनसिसी अमेरिका अध्यक्ष सुनील साहले सबैमा आह्रवान गर्नुभएको छ । अध्यक्ष साहले एक प्रेस बिज्ञप्ति जारी गर्दै अमेरिकाको आइसिसीमा बलियो उपस्थितिको लागि सबैमा आह्रवान गर्नुभएको हो ।

विगतबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्नेमा जोड दिर्दै अध्यक्ष साहले एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिका लागि विना आग्रह र पूर्वाग्रह हिड्ने बचन गर्न सबैमा आग्रह समेत गर्नुभएको छ । अध्यक्ष साहले भन्नुभएको छ, ‘यसै सन्दर्भमा आउँदो सेप्टेम्बर ६ तारिखका दिन न्यूयोर्कमा आइसिसीमा आकांक्षी देखिनुभएकाहरूसँग अनौपचारिक अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत राखिएकाले सहभागिताका लागि आकांक्षी सबैंलाई अनुरोध समेत गर्दछु ।’

संस्थामा सम्मेलन हुनु नयाँ नेतृत्व चुनिनु नया –नया अनुहार आउनु स्वभाविक प्रक्रिया भएको भन्दै अध्यक्ष साहले भन्नुभएको छ, ‘यो जिवन्त संस्थाको मुटु पनि हो । त्यसैले एनआरएनए अमेरिकाको होस् वा एनआरएनए आइसिसीको निर्वाचन होस् दुई दुई वर्षको अन्तरालमा निर्वाचन हुन्छ र नया कार्यसमिति छानिन्छ । त्यसैले एनआरएनएको अभियानमा लगाव सहीत अनवरत लाग्ने अभियन्ताका लागि प्लाटफर्म तयार भइनैंरहेको हुन्छ । त्यसैले हामी अघि बढ्ने इच्छा राखिरहँदा आवश्यक परेको खण्डमा पछाडि फर्कने खुल्ला हृदय पनि हुनु जरुरी छ ।’

‘पछाडि फर्कनुको अर्थ यात्रामा पूर्णविराम कदापि होइन पछाडि फर्किएर समयसँगैं भोलिका लागि तयार हुनु पनि हो । यस्तो हुँदा मात्रैं हामी भित्रैं एकताको त्यो कडी जोडिन पुग्दछ जसले हाम्रो स्ट्रेन्थलाई बलियो बनाउँदछ’, अध्यक्ष साहले भन्नुभएको छ ।

आदरणीय एनआरएनए अमेरिका सम्बद्व एनआरएनएका अभियन्ताहरु । 
एनआरएनए अभियानका अग्रज ज्यूहरु 
एनआरएनए अमेरिकाका सम्मानित सदस्य ज्युहरु 
सम्पूर्णमा नमस्कार ।

देश वाहिर रहेका हामी आम नेपालीको प्रतिनिधि मुलक साझा र सम्मानित संस्था गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अधिवेशन (विश्व सम्मेलन) काठमाण्डौंमा आउँदो अक्टुबर १५ देखि १७ सम्म हुन लागेको यहाहरु सबैंमा जानकारी रहेकै छ ।
सर्वप्रथम हामी गैर आवासीय नेपालीको निम्ति कुभ्म मेलाको रुपमा लिइने त्यस विश्व सम्मेलनमा सहभागिताका निम्ति म सम्पूर्ण अमेरिकावासी एनआरएनहरुलाई हार्दिक अनुरोध गर्दछु । त्यस सम्मेलनको उद्घाटन कार्यक्रममा हामी सबैंले सहभागिता जनाएर सम्मेलनलाई सफल बनाउनु हामी सबैंको कर्तव्य पनि हो, प्राविधिक रुपमा कार्यक्रमको खासगरी बन्द सत्र लक्षित कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि प्रतिनिधि(आइसीसी डेलिगेट्स)को व्यवस्था मिलाइएको हो । त्यसमा हामी छनौट भएपनि नभएपनि विश्व सम्मेलनको उद्घाटनमा हाम्रो सहभागितालाई त्यसले फरक नपार्ने भएकाले अमेरिकावाट हामी बढी भन्दा बढी त्यस सम्मेलनमा सहभागि बनौं म विशेष अनुरोध गर्न चाहन्छु ।

यस सम्मेलनले एनआरएनए आइसिसीमा नयाँ कार्यसमिति चयन गर्ने बारे समेत हामी सबैं जानकार नैं रहेका छौं । संस्थामा नयाँ नेतृत्व चुनिने यस सम्मेलनको पूर्व सन्ध्यामा धेरैं एनआरएनए अमेरिकाका अभियन्ताहरुको नाम समेत विभिन्न पदका लागि सार्वजनिक भैरहेको छ । अमेरिकामा रहेका एनआरएन अभियन्ताहरुले आइसिसी कार्यसमितिमा जाने चाहना राख्नु हामी सबैंको निम्ति गौरवको विषय हो ।
सदस्यको संख्यात्मक हिसाबले होस् या गरिएका कार्यको गुणात्मक मुल्यांकनवाट होस् अथवा संस्थागत संरचनालाई नियाल्दा होस् एनआरएनए अमेरिका बलियो राज्य समन्वय परिषद् भित्र पर्दछ । तर पनि अपेक्षाकृत रुपमा हाम्रो आइसिसीमा बलियो उपस्थिति हुन नसकिरहेको साँचो हो । यसो हुनुमा हामी भित्रकैं समस्याले काम गरेको थियो । विगतलाई हामीले फर्केर हेर्ने हो भनेपनि समस्या हामीमैं थियो भन्ने निर्णयमैं तपाई हामी पुग्छौं । हामीले हाम्रो स्ट्रेन्थ अनुरुप आइसिसीमा स्थान लिन नसक्नुमा अरु पनि सहायक कारणहरु हुन सक्लान् तरसबैंभन्दा महत्वपूर्ण पक्ष हामी आफैंमा कति बलियो र एकमत छौं भन्ने ले महत्व राख्दछ ।

हामी सबैं मिलेर अघि बढ्ने फेरि समय आएको छ । हामी सबैं मिल्न सक्दा हाम्रो दरिलो उपस्थिति रहने निसन्देह छ । म एनआरएनए अमेरिकाको अध्यक्षको उम्मेद्वार भैरहँदा मैले त्यति खेर पनि भनेको थिए कि आइसिसीमा हाम्रो (अमेरिकाका एनआरएन) उपस्थिति प्रभावकारी बनाउनका लागि मेरो जोड रहनेछ ।

संस्थामा सम्मेलन हुनु नया नेतृत्व चुनिनु नया –नया अनुहार आउनु स्वभाविक प्रक्रिया भित्र पर्दछ । यो जिवन्त संस्थाको मुटु पनि हो । त्यसैले एनआरएनए अमेरिकाको होस् वा एनआरएनए आइसिसीको निर्वाचन होस् दुई दुई वर्षको अन्तरालमा निर्वाचन हुन्छ र नया कार्यसमिति छानिन्छ । त्यसैले एनआरएनएको अभियानमा लगाव सहीत अनवरत लाग्ने अभियन्ताका लागि प्लाटफर्म तयार भइनैंरहेको हुन्छ ।
त्यसैले हामी अघि बढ्ने इच्छा राखिरहँदा आवश्यक परेको खण्डमा पछाडि फर्कने खुल्ला हृदय पनि हुनु जरुरी छ । पछाडि फर्कनुको अर्थ यात्रामा पूर्णविराम कदापि होइन पछाडि फर्किएर समयसँगैं भोलिका लागि तयार हुनु पनि हो । यस्तो हुँदा मात्रैं हामी भित्रैं एकताको त्यो कडी जोडिन पुग्दछ जसले हाम्रो स्ट्रेन्थलाई बलियो बनाउँदछ ।

हामी जो आइसिसीका विभिन्न पदमा जाने इच्छा जाहेर गरिरहेका छौं । को व्यक्ति कुन पदको उम्मेद्वार बन्दा राम्रो हुन्छ तपाई हामी बसेर खुल्ला हृदयका साथ छलफल गरौं । आउनुहोस् तपाई हामी सबैं एक ठाउँमा बसेर चिन्तन गरौं, एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिका लागि विना आग्रह र पूर्वाग्रह हिड्ने बचन गरौं ।

यसै सन्दर्भमा आउँदो सेप्टेम्बर ६ तारिखका दिन न्यूयोर्कमा आइसिसीमा आकांक्षी देखिनुभएकाहरूसँग अनौपचारिक अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत राखिएकाले सहभागिताका लागि आकांक्षी सबैंलाई अनुरोध समेत गर्दछु ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका


प्रकाशित | १६ भाद्र २०७६, सोमबार १०:५७