एनआरएनए जर्मनीको महिला उपाध्यक्षमा राधा सिग्देल (किरण) को पाँच बुँदे प्रतिबद्धतासहित पुन: उम्मेदवारी घोषणा

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीको महिला उपाध्यक्षमा राधा सिग्देल (किरण ) ले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । आफना विभिन्न पाँच बुँदै प्रतिबद्धतासहित सिग्देलले आगामी कार्यकाल (२०१९-०२१ ) को लागि  महिला उपाध्यक्षमा पुन: उम्मेदवारी घोषणा गर्नुभएको हो ।

घोषणापत्र जारी गर्दै सिग्देलले भन्नुभएको छ, ‘नेपाली समाजप्रतिको निष्ठा, ईमान्दारीता अनि समर्पणभावलाई अझ परिणाममुखि बनाई समाजमा नविनतम सोंचको परिकल्पना सहित यसपटकको चुवावमा महिला उपाध्यक्षको पदमा पुन उमेद्वारी दिने निर्णय गरेको छु ।’

सिग्देलले जारी गर्नुभएको घोषणापत्रमा महिला फोरमलाई ससक्त वनाई, महिलाहरुको सामुहिक लगानीमा (एलसी) ब्यवसाय को अवधारणलाई अघि बढाउने, जर्मनभर रहेका नेपाली महिला अउपेयर र बिध्यार्थीको समस्या पहिचान र समाधानको लागि एक चुस्त कार्यदल तयार गर्ने, जर्मनीमा बढ्दै गएको नेपाली समुदायलाई मध्यनजर गर्दै हाम्रो कला संस्कृति तथा भाषा अनि भेषभुषा को प्रवर्धन तथा पुस्ता हस्तान्तरणको लागि र जर्मनमा नेपाली गतिविधिहरुको प्रचार प्रसारको लागि, जर्मनमा नै रेडियो तथा टेलिभिजन कार्यक्रमहरु संचालन गर्न पहल गर्ने जस्ता एजेन्डा सार्वजनीक गरिएको छ । सिग्देलले जारी गर्नुभएको घोषणापत्र जस्ताको तस्तै;-

आदरणीय जर्मन निवासी मेरा मान्यजन आमा–वुवा, दाजुभाई तथा दिदि वहिनीहरु एवम स-सना भाई-बहिनीहरुमा सर्वप्रथम त नेपाली नारीहरुको धार्मिक सांस्कृतिक पर्व हरितालिका तिजको अवसरमा हार्दिक शुभकामना भन्न चाहन्छु !

यहाँहरुले म प्रति देखाउनुभएको माया, विश्वास अनि सदासयता प्रति अत्यान्तै कृतज्ञ्न रहेको छु । मेरा हरेक प्रयासहरुलाई यहाँहरुले अपनत्व ग्रहण गर्दै दिनुभएको सल्लाह र सुझावको अनुसरणवाटनै म याहाँसम्म आईपुग्न सफल भएको महसुस गर्दछु । अझ गैर आवासीय नेपाली संघ जर्मनीको गत चुनावमा महिला उपाध्यक्ष जस्तो गरीमामय पदमा सर्वाधिक मत प्रदान गरी विजय गराई औपचारीक रुपमा जर्मनको नेपाली समाज अनी मातृभूमि नेपालको लागी योगदान गर्न जुटाईदिनुभएको सुवर्ण अवसर जिवनभर भुल्ने छैन !

चाहे नेपालको प्राकृतिक तथा दैविक प्रकोपमा होस् या गरीव पिछडिएको वर्ग तथा समुदाएको लागि गरीने सहयोगको कुरा होस्, वा स्वास्थ्य उपचारको कुरा होस आफ्ना सिमित साधन र श्रोतका बावजूद पनि आफुलाई अग्रपंक्तिमा उभ्याएको छु । साथै, जर्मनीको हरेक कुनामा आयोजना गरीएका प्रत्येक साँस्कृतिक कार्यक्रमहरु, सामाजिक हित तथा ब्यवसायीक क्षमता विस्तार तथा नेपाल प्रवर्धनका लागि गरीने हरेक कार्यक्रम र छलफलहरुमा आफुलाई अर्थपुर्ण उपस्थित गराएको छु ।

यस दुई बर्षको दौरानमा मैले प्राप्त गरेको जर्मन भूगोलमा नेपालीहरुको बसोवास अनि आवश्यकता र चाहना सम्बन्धी गहन जानकारी र अनुभव संगालेर आफुलाई अझ परिस्कृत र परिपक्व बनाउदै नेपाली समाजप्रतिको निष्ठा, ईमान्दारीता अनि समर्पणभावलाई अझ परिणाममुखि वनाई समाजमा नविनतम सोंचको परिकल्पना सहित यसपटकको चुवावमा महिला उपाध्यक्षको पदमा पुन उमेद्वारी दिने निर्णय गरेको छु ।

आशा छ, विगतमा झै एसपटक पनि यहाँहरुले मलाई पुर्ण विस्वास र मायाले मेरो झोली भर्नु हुनेछ। समुदाय हितका लागि मेरा नयाँ सोंचहरु कार्यान्वयन गर्न मलाई हौसला र प्रेरणा स्वरुप अत्याधिक मतले विजय गराउनुहुनेछ भन्नेमा पुर्ण आशा र विस्वस्त छु । मेरा केहि प्रतिवद्धताहरु :-

१. हरेक एल.सी.सी मा रहेको महिला फोरमलाई ससक्त वनाई, महिलाहरुको सामुहिक लगानीमा १–एल.सी.सी १–ब्यवसाय को अवधारणलाई अघि वढाउने ।

. जर्मनभर रहेका नेपाली महिला अउपेयर र बिध्यार्थीको समस्या पहिचान र समाधानको लागि एक चुस्त कार्यदल तयार गर्ने ।

. जर्मनीमा वढ्दै गएको नेपाली समुदायलाई मध्यनजर गर्दै हाम्रो कला संस्कृति तथा भाषा अनि भेषभुषा को प्रवर्धन तथा पुस्ता हस्तान्तरणको लागि र जर्मनमा नेपाली गतिविधिहरुको प्रचार प्रसारको लागि, जर्मनमा नै रेडियो तथा टेलिभिजन कार्यक्रमहरु संचालन गर्न पहल गर्ने ।

४. बयस्कबाट बिस्तारै बुडेसकालतिर ढल्कदै गरेको नेपाली पहिलो पुस्ताका हामी सबैलाई र दोस्रो पुस्तालाई नेपाली सभ्यता र संस्कार संग जोड्नलाई नेपाली भाषा भेषभुषा कला संस्कृति , नेपाली खाना र चाडपर्बको अनुसरण र अभ्यास एवम जर्मनीमा नेपाल अध्ययन स्थल स्थापना गर्न र भविस्यमा नेपालीहरुको आफ्नै भाषा र नेपालीहरुले नै सेवा दिने गरी सीनियर हाईम ( Age care center) सहितको नेपाल सेन्टरको अवधारणलाई अझ ब्यापक र सार्थक वनाउने गरी ब्यापक छलफल र रायसुझाव अभियान थाल्ने ।

५. जर्मनमा रहेका हरेक नेपालीलाई एन.आर.एन मा समेट्ने वातावरण वनाउन, एन.आर.एन प्रती अपनत्व बढाउन जन्मे देखी मृत्यु सम्म हुने धार्मिक सांस्कृतिक कर्महरुमा एनआरएनले प्रवावकारी योजनाहरु जस्तै जन्म बिवाह र मृत्यु हुदा सहयोग स्वरोरुप आफ्ना सदस्यहरुलाई सम्भव भए सम्मको आर्थिक सहायताका कार्यक्रमहरु च्यारीटी प्रोग्रामहरु संचालन गरी आर्थिक संकलन गरेर एउटा सामाजिक सुरक्षा कोष संचालन गर्ने र त्यसबाट संकलित रक़म बाट उक्त सिर्सकहरुमा नेपाली समुदायलाई परेको वेलामा सहयोग एवम हौसला बृद्धी हुने हेतुले गर्न सकिनेगरी यस बिषयमा ब्यापक छलफल र संवादहरु गरी कार्यान्वयन गर्न पहल गर्ने !

राधा सिग्देल (किरण)

 उम्मेदवार, महिला उपाध्यक्ष , एनआरएनए जर्मनी


प्रकाशित | १५ भाद्र २०७६, आईतवार १२:४४