जनादेशमा जानु उत्तम विकल्प : कमल थापा

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ जनादेशमा जानु नै उत्तम विकल्प भएको बताउनुभएको छ । गोरखामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा जनादेशको विकल्प नभएका बताउनुभयो ।

‘सरकार र नेकपाको आन्तरिक विवादले मुलुक बन्धक बन्न सक्दैन, त्यसैले नयाँ जनादेशमा जानु राम्रो विकल्प हो, राप्रपा चुनावको पक्षमा छ’, अध्यक्ष थापाले भन्नुभयो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार ०७:२१