चुनाव कुनै पनि हालतमा हुँदैनः प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताउनु भएको छ । नेपाली काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा काँग्रेस चुप लागेर नबस्ने बताउनु भएको हो ।
असंवैधानिक कदम विरुद्धको विरोधका लागि काँग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेको उहाँले बताउनु भयो ।
झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको पनि उहाँले उल्लेख गर्नु भयो ।


प्रकाशित | २५ पुष २०७७, शनिबार १४:३७