संस्थालाई संस्थागत बनाउन र अपूरा काम पूरा गर्न अध्यक्षमा पुन: उम्मेदवारी : शान्तिदेवी अधिकारी, मकाउ

मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको आगामी अधिवेशनमा अध्यक्षको लागि पुन उम्मेदवारी घोषणा गर्नुभएको शान्तिदेवी अधिकारीले संस्थालाई संस्थागत बनाउन र अपुरा काम पूरा गर्न आफनो पुनः अध्यक्षमा उम्मेदवारी रहेको बताउनुभएको छ । संस्थालाई थप व्यवस्थित र गतिशील बनाउन तथा बाँकी रहेका महत्वपूर्ण अधुरा काम पूरा गर्नको लागि शुभेच्छुकहरूको आग्रहमा पुन उम्मेदवारी रहेको बताउनुभयो ।

अध्यक्ष अधिकारीले उम्मेदवारी घोषणा गर्दै मकाउमा कार्यरत नेपालीहरूको साझा समस्याहरू पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्ने, मकाउका व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्ने, मकाउमा एनआरएलाई थप बलियो बनाउने, प्रवासमा नेपालको भाषा र संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना अधिकारीले अगाडि सार्नुभएको छ ।

त्यस्तै, विदेशमा नेपालीले कमाएको पैसालाई वैधानिक रुपमा स्वदेश पठाउने सरकारी योजनालाई मकाउमा प्रभावकारी ढङ्गले लागू गर्न पहल गर्ने, हङकङको बाटो हुँदै नेपाल आवतजावत गर्न सरल उपायको लागि पहल गर्नै, मकाउमा मृत्यु भएका नेपालीको पार्थिव शरीर स्वदेश पठाउने विषयमा भइरहेको जटिलतालाई नेपाल तथा मकाउ सरकारका आधिकारिक प्रतिनिधिसँग समन्वय गरेर समाधान गर्ने, महावाणिज्य दूतको सम्पर्क कार्यालय सकेसम्म मकाउमा नियमित र सुलभ गराउन पहल गर्ने जस्ता कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

आठौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएको एनआरएनए टिमबाट उत्साहजनक प्रदर्शन गर्दै करातेको ६८ं केजीमा कांस्य पदक जित्न सफल अधिकारी एनआएनका हरेक गतिविधिमा सक्रियपूर्वक लाग्दै आउनुभएको छ ।


प्रकाशित | ११ भाद्र २०७६, बुधबार १२:५४