सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं  : दुई दिन सम्म बढेको सेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको सेयर बजार ओरालो लागेको हो । मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसुचक १ हजार १८१ अंकमा झरेको छ । आइतबार र सोमबार गरी सेयर बजार २७ अंकले बढेको थियो ।

मंगलबार दश वटा उप समूहको सेयर कारोबार हुँदा सबैमा गिरावट देखिएको छ । बैंकिङ ९.३६,होटल ०.९१, विकास बैंक ३.३५, जलविद्युत ६.८९, निर्जीबन बीमा ८६.५७, उत्पादन तथा प्रशोधन ३६.३२, माइक्रोफाइनान्स १५.११, जीवन बीमा समूह ८३.०२ अंकले घटेको छ ।

सेयर बजार घटे पनि ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा आधारमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रोमा कुमारी बैंकको संस्थापक र एनआईसी एसिया बैंक रहेका छन्


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १६:४१