भक्तपुरमा दुई चार जनाले विरोध गर्दैमा विकासको गति रोकिंदैन: महेश बस्नेत

भक्तपुर : नेकपाका युवा नेताथ तथा सांसद महेश बस्नेतले भक्तपुरमा दुई चार जना जनताले विरोध गर्दैमा विकासको गति नरोकिने बताउनुभएको छ । सांसद बस्नेतले भक्तपुरमा विकासको विरोध गर्नेलाई जनताले मूल्याङ्कन गरिरहेको बताउँदै त्यसको नतिजा जनताले आगामी निर्वाचनमा दिने समेत बताउनुभयो ।

भक्तपुरमा भौतिक पूर्वाधारको विकाससँगै सडक, खानेपानी, पार्क, पोखरी, ढल, सरसफाई, मठमन्दिरको निर्माण, पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धनलगायतका जनतालाई आवश्यक सम्पूर्ण कार्यहरुको विकासलाई नेकपाका जनप्रतिनिधिले उत्कृष्ट नेतृत्व गर्दै अघि बढिरहेको बताउनुभयो ।

नेकपाको नेतृत्व आएसँगै भक्तपुरमा साना ठूला विकास र निर्माणका कार्यहरुले तिव्रता पाएसँगै भक्तपुरको मुहार नै फेरिदै गएको बताउनुभयो । नेकपाको नेतृत्वसँग भक्तपुरका जनताले विकास खोज्ने समयको अन्त्य हुँदै विकासले भक्तपुर खोज्ने दिनको शुरुवात समेत भएको बताउनुभयो ।

सूर्यविनायक नगरपाकिला वडा नं. ८ स्थिती डोलेश्वर मन्दिरमा लागेको श्रवणी मेला २०७६ को समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले वर्तमान समयमा नेपालको विकास र समृद्धि ढोकालाई तिव्र गतिका साथ अघि बढाउने एउटैमात्र पार्टी नेकपा भएको बताउनुभयो ।


प्रकाशित | ९ भाद्र २०७६, सोमबार ११:३४