विदेशबाट १३ सूचीभित्र पर्ने यस्ता ब्यक्तीलाई उद्धार गरिदैंछ

काठमाडौं : सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि १३ सूचीसहितको कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीका अनुसार विदेशबाट निम्न १३ कारणले स्वदेश आउँन नपाएका ब्यक्तीहरुलाई सरकारले उद्धार गर्ने गरि कार्ययोजना तयार पारेको छ :-

१. सम्बन्धीत मुलुकमा विविध कारणले सजाय तोकेर आममाफी अर्थात छुटकारा पाएका ब्यक्तीहरु,

२. डिटेनशन सेन्टरमा रहेका र हाल नेपाल आउँन अनुमती पाएका ब्यक्तीहरु,

३. जुनसुकै कारणले बर्हिगमन भिसामा रहेका ब्यक्तीहरु,

४. आफन्तको मृत्यु भई काज किरियामा नेपाल आउनुपर्ने ब्यक्तीहरु,

. श्रम /करार अवधि समाप्त भएका र रोजगारी गुमाएका ब्यक्तीहरु

. कोभिड बाहेक अन्य कारणबाट गम्भिर स्वास्थ्य अवस्था भएका ब्यक्तीहरु,

. सुत्केरी तथा गर्भवती महिला, बालबालीका, ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तीहरु,

८. सरकारी सेवामा रही अध्ययन वा तालिममा विदेश जानु भएका र नेपाल आउन नपाउनु भएका ब्यक्तीहरु,

. अध्ययन समाप्त भएका विद्यार्थीहरु, कोभिडको कारणले कलेज बन्द भई नेपाल आउनुपर्ने अवस्था भएका विद्यार्थीहरु,

१०. पारिवारिक पुर्नमिलनको लागि जानु भएका र फर्कनु पर्ने ब्यक्तीहरु,

११. कम्पनीबाट रोजगारीसहित अनीवार्य बिदामा रहनु भएका ब्यक्तीहरु,

१२. अन्तराष्टिय संघ संस्थामा कार्यरत भएर नेपालमा आउन नसकेका ब्यक्तीहरु,

१३. पर्यटक भिसामा वा ब्यापारिक भिसामा विदेश गई अलमलमा पर्नुभएका ब्यक्तीहरु,

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि फर्काउन सरकारलाई सिफारिस गरेको हो ।

नेपाल फर्किन चाहने नेपालीले हवाई भाडा र आवश्यक अन्य खर्चहरू भने आफैँ व्यहोर्नु पर्ने छ । विदेशबाट नेपाल फर्काइएकालाई होटलमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । सरकारले समस्यामा परेकालाई आफ्नो विवरण भर्नका लागि आग्रह गरेको छ ।


प्रकाशित | १७ जेष्ठ २०७७, शनिबार १२:४६