भक्तपुर । सूर्यविनायक नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ ।

शनिबार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र काठमाडौं विश्वविद्यालयका प्रा. डा. मनप्रसाद वाग्लेले सहमतिपत्रमा हस्ताक्षर गर्नु भयो ।

सहमतिअनुसार केयूले सूर्यविनायक नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

डा.वाग्लेको टिमले सूर्यविनायकमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट गराउन विज्ञ टिमबाट नेतृत्वदायी भूमीका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रममा उपमेयर सरिता तिमिल्सिना भट्टराई, कार्यकारी अधिकृत श्रीधर केसी, सामाजिक विकास समितिका संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं. २ का वडाध्यक्ष प्रदीप कार्की, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रत्न प्रसाद कट्वाल, सूचना अधिकारी अनीरुद्र नेपाल, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नंं १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधिहरु तथा नवनियुक्त सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागि हुनुहुन्थ्यो ।

प्रकाशित | ३० बैशाख २०८०, शनिबार २०:२१