नेपालमा थप ७०८ जना कोरोना संक्रमित भेटिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार १३५ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार ३९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ३१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८३ प्रतिशत छ ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार १६:५६