माल्टामा समस्यामा परेका नेपालीलाई एनआरएनएद्धारा राहत वितरण

माल्टा : माल्टामा समस्यामा परेका नेपालीलाई गैर आवासीय नेपाली संघ माल्टाले राहत वितरण अभियान थालेको छ । करिव ३५ सय नेपाली रहेको माल्टामा समस्यामा परेका नेपालीलाई पहिलो चरणमा राहत वितरण अभियान थालीएको एनआरएनएले जनाएको छ ।

एनआरएनए माल्टाका सचिव भुवन अर्यालका अनुसार विभिनन संघसंस्था, समाजसेवी तथा व्यापारी लगायतको समन्वयमा समस्यामा परेका नेपालीलाई राहत वितरण कार्य शूरु गरिएको हो । विभिन्न सूचना, कल, म्यासेजको आधारमा बास्तावीक पीडितको पहिचान गरि पहिलो चरणको राहत वितरण शूरु गरिएको सचिव अर्यालले जानकारी गराउनुभयो ।

सचिव अर्यालका अनुसार सम्पर्कमा आएकालाई आवश्यकता अनुसारको राहत वितरण गरिएको र आगामी दिनमा समेत निरन्तरता दिइनेछ । साथै कुनै समस्या भए जानकारी गराउन समेत एनआरएनए माल्टाले आग्रह गरेको छ ।


प्रकाशित | ७ बैशाख २०७७, आईतवार १७:५०