एनआरएनए अमेरिकाको अध्यक्षमा सूर्य लम्सालको औपचारिक उम्मेदवारी घोषणा

न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा सूर्य लम्सालले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रमका बीच लम्सालले आफनो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नुभएको हो । अमेरिकामा निर्वाचन नजिकिएसँगै उम्मेदवारी घोषणा धमाधम भइरहेको छ। आगामी मे १८ र १९ तारिखमा हुने एनआरएएन अमेरिकाको निर्वाचन हुँदैछ ।

स्याग्जा ज्याग्दी खोलाका लम्साल पेसाले वरिष्ठ ईन्जिनियर हुनुहुन्छ । लम्सालले घोषणा सभामा सक्षम एनआरएन, समृद्ध नेपालको खाका, सदस्यता वितरणको अन्यौलता, एनआरएनको विधानमा देखिएको क्रुटि, संस्थालाई चुनावमुखी बनाउने प्रवृत्तिलगायतका एजेन्डामा आफना धारणा राख्नुभएको थियो । अध्यक्षका उम्मेदवार लम्सालले कुरा भन्दा बढी कामलाई ध्यान दिने, गलत प्रवृत्तिको विरोध गर्ने बताउँदै एनआरएनए अमेरिकालाई सबैको साझा बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । एनआरएनए अमेरिकाको अध्यक्ष पदमा यस अघि नै सुनील साह, संजय थापा र अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १०:१९