एनआरएनए पोर्चुगल अध्यक्ष पदमा तिलक गैरेको उम्मेदवारी दर्ता, २५ अगस्टमा चुनाव हुँदै

लिस्बन : गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा तिलक गैरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । ‘एकता, सद्भाव र सहकार्य’ को लागि उम्मेदवारी भन्ने मूल नाराका साथ अध्यक्ष पदमा गौरेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  लामो समयदेखि सामाजिक सेवामा क्रियाशील रहँदै आउनुभएको गैरेले आगामी (२०१९ -२०२१ ) को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एनआरएनए पोर्चुगलको सातौ अधिवेशनमा गैरेले पोर्चुगलको नेपाली समाजमा गरेको योगदानलाई मध्यनजर गर्दै उम्मेदवारी दर्ता गराउनुभएको हो । गैरै पोर्चुगलको निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । पोर्चुगलमा यही अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । साथै अध्यक्षमा गैरेसँगै ईश्वर रिजालले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १५:२७