‘प्लेयर अफ दि सिजन’ रोनाल्डो

एजेन्सी:युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ए फुटबलमा यस सिजन प्लेयर अफ दि सिजन बनेका छन् ।युभेन्ट्सलाई सिरी ए को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो प्लेयर अफ दि सिजन बनेका हुन् ।

पोर्चुगलका रोनाल्डो इटाली आएको पहिलो सिजन नै प्लेयर अफ दि सिजन चुनिए ।स्पेनिस क्लब रियल मड्रिडबाट क्लब आएका रोनाल्डोले यस सिजन २१ गोल गरेका थिए ।

यस्तै गोलकिपर अफ दि इयर इन्टर मिलानका सामिर हाण्डनोभिक, डिफेन्डर अफ दि सिजन कालिदोउ काउलिबली चुनिए ।त्यस्तै सेर्गिज साभिक मिडफिल्डर अफ दि सिजन, फाबियो स्ट्राइकर अफ दि सिजन र निकोलो जानिओला युवा खेलाडी चुनिए ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०८:४०