‘मारुनी’को ‘सक्दिन म बाच्न’ गीत रिलीज (भिडियो )

काठमाडौँ :  फिल्म मारुनीको ‘सक्दिन म बाच्न’ बोलको गीत रिलीज भएको छ ।  गायिका मेलिना राईको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उक्त रिलीज गीतमा भिडियोमा नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको अभिनय रहेको छ ।  भदौ १३ मा रिलिज हुने फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन । फिल्ममा साम्राज्ञी र पुष्पसगै रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १२:३८