चट्याङ लागेर एकको मृत्यु, १० घाइते,दुईको अवस्था गम्भिर

अछाम : अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा राति चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । मृत्य हुनेमा १६ वर्षीय जनक रावल रहेको प्रहरीले जनाएको छ । घटनामा परी अन्य १० जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रमुख प्रहरी नायब निरीक्षक तिलकप्रसाद कलौनीले जानकारी गराउनुभयो । घाइतेमध्ये गोविन्द रावल र धर्म रावलको अवस्था गम्भीर रहेको जनाइएको छ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ०७:२८