एनआरएनए बेल्जियम अध्यक्षमा अनुजा प्रधानको उम्मेदवारी घोषणा

बेल्जियम :  गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमको अध्यक्षमा अनुजा प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधानले एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिलाहरु नेतृत्व तहमा आउनुपर्छ भन्ने युवा जोश र जाँगरले भरिएकी प्रधान एनआरएनए बेल्जियममा सक्रिय हुनुहुन्छ ।

महिलाहरु सक्षम छन भन्दै विभिन्न बहश पौरखी समेत गर्नुहुने प्रधान एक खरो वक्ता समेत हुनुहुन्छ । प्रधानले एनआरएनए बेल्जियमको सचिव भएर कार्यकाल पूरा गरी अहिले २०१७–२०१९ मा महिला उपाध्यक्ष रहेर सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार १५:१४