युरोपेली देशको आकाशमा नेपाली विमानले छिट्टै उडान भर्ने:  योगेश भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने बताएका छन् । ुचेम्बर अफ कमर्शुले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था राम्रो रहेकाले उडानमा रोक लगाउनु नपर्ने बताएका हुन् ।

उडानमा लगाइएको रोक फुकुवा गराउने सम्बन्धमा छलफल र वार्ता गरिरहेको भन्दै मत्री भट्टराईले युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास बताएका थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको मात्रै ६६ दशमलव ५ प्रतिशत भएकाले रोक लगाउनु पर्ने अवस्था नरहेको बताएका हुन् । यो समाचार नयाँ पत्रीक दैनीकमा समाचार छ ।

इयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउँदै आएको छ । मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाइन्सलाई चाइनाका थप गन्तव्यका लागि र श्री एयरलाई दिल्ली, कोलकोत्ता, अहमदावाद र ढाका उडानका लागि अनुमति दिएको जानकारी दिँदै सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्यारा बाटोहरु खोल्न तयार रहेको बताए ।

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकका साथै यात्रुको सम्मानका लागि सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र कर्मचारीलाई तालिम दिने तयारी गरेको बताए । कार्यक्रममा चेम्बर अफ कमर्श का अध्यक्ष राजेश काजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार ०७:२६