नेपालमा थप २५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं : नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको हालसम्मको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | २४ असार २०७७, बुधबार १६:३०