एनआरएनए स्वीडेन अध्यक्षमा दिनेश श्रेष्ठको एकल उम्मेदवारी दर्ता, महासचिव बाहेक सबै पदमा एकल उम्मेदवारी

स्वीडेन : गैर आवासीय नेपाली संघको १७ अगस्टमा हुन गइरहेको निर्वाचनमा महासचिव बाहेक सबै पदमा एकल उम्मेदवारी मनोनयन दर्ता भएको छ । अध्यक्षमा दिनेश कुमार श्रेष्ठको एकल उम्मेदवारीको मनोनयन दर्ता भएको छ ।

महासचिवमा भने राजकुमार ओमशन र अनिल सापकोटा गरि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक शिव कुमार चम्लागाँइले जारी गर्नुभएको निर्वाचन समितिको सूचना अनुसार महासचिव बाहेक सबै पदमा एकल उम्मेदवारी परेको हो । हेर्नुहोस निर्वाचन समितिले जारी गरेको उम्मेदवारी मनोनयन दर्ताको पूर्ण विवरणसहित:-

 


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १४:१४