प्रतिनिधिसभा बैठक: प्रशासकीय अदालत विधेयक पारित

काठमाडौं: प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । बैठकमा मन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो । बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्नुभयो । अर्को बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।


प्रकाशित | २८ श्रावण २०७६, मंगलवार १९:०३