सूर्यविनायकबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने विषयमा सम्झौता

भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवा र सूर्यविनायक नगरपालिका बिच सूर्यविनायक नगरपालिका वासिन्दालाई प्राथमिकताको आधारमा रक्तसंञ्चार सेवा भक्तपुरले नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौता भएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा बिच नगरपालिका भित्रका बासिन्दाहरुलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको हो । यो सम्झौता भएसंगै रगत तथा रक्ततत्त्व आवश्यक पर्ने बिरामीले निःशुल्क पाउनेछन् ।


प्रकाशित | १५ पुष २०७९, शुक्रबार २१:३७