लगानी सम्मेलनपछि शेयर बजार निरन्तर उकालो : कारोबारमा पनि बृद्धि

काठमाडौं : लगानी सम्मेलनपछि नेप्से परिसूचकसँगै कारोवार रकममा समेत उच्च अङ्कले वृद्धि हुँदै आएको छ । लगानी सम्मेलनपछि शेयर बजार निरन्तर बृद्धि भइरहेको छ भने काराबोर रकममा पनि बृद्धि भएको हो । सेयर बजारमा सुधार आउन थालेपछि कारोबार रकममा पनि वृद्धि भएको हो ।

साताको दोस्रो दिन आज सोमबार सेयर कारोबार बढेर ९० करोड ६९ लाख ३६ हजार रुपैयाँको पुगेको छ । आइतबार १७ अंक बढेकोमा शेयर सोमबार ९.२ अंक बढेको छ । नेप्से परिसुचक भने १ हजार १९१ अंकमा पुगेको छ । दुई दिनमा नेप्से २६ अंक बढेपछि नेप्से परिसुचक १ हजार २०० अंक नजिक पुगेको हो। सोमबार बैंङ्क, विकास बैंङ्क, जलविद्युत वित्त, बिमा, उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ । होटलको घटेको छ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १७:५८