भक्तपुरका मदनकृष्ण श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँले १६४० मत प्राप्त गर्दै विवजयी हुनु भएको हो । समितिका अनुसार एक पदको लागि अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन) ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी) ले २९० मत ल्याउनु भएको छ । 


प्रकाशित | ६ पुष २०७८, मंगलवार ११:२०