नेकपा प्रदेश ३ को पहलमा हावाहुरी प्रभावीतलाई १४ लाख ७० हजारसहित राहत साम्रागी वितरण

काठमाडौं :  बारा र पर्साका हावाहुरी प्रभावीतलाई नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ को पहल र दोलखा, चितवन, सिन्धुली र ललितपुरको सक्रियतामा संकलीत १४ लाख ७० हजार तीस  सय बीस नगदसहित राहत सामाग्री हस्तान्तरण गरिएको छ । संकलित नगद १४ लाख ७० हजार ३ सय बीस नगद बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरिएको हो ।

नेकपा प्रदेश ३ का सचिव आनन्द प्रसाद पोखरेलले प्रजिअ पौडेललाई नगदसहित ६३० झुल, २० सिल्पिगं ब्याग , २९ कमल , ६० थान टिसर्ट र अन्य राहत राहात सामाग्रीहरु हस्तान्तरण गर्नुभएकोह हो । हस्तान्तरण कार्यक्रम नेकपा २ न. प्रदेशका नेताहरुको बिशेष उपस्थितिमा गरिएको नेकपा प्रदेश ३ सचिव पोखेरलले बताउनुभयो । कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुगंलगायतको पनि सहभागिता थियो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १५:४७