जापान आईपुग्यो ओलम्पिक टर्च

एजेन्सी : जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ‘ओलम्पिक टर्च’ जापान आईपुगेको छ । विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान ल्याईएको हो ।

जापानको ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । जुन क्षेत्र सन् २०११ को भूकम्पले प्रभावित क्षेत्र हो ।

चीनबाट फैलिएको कोरोनाको कारण ओलम्पिक खेलकुद अन्योलमा रहेपनि टर्च जापान ल्याईएको हो । यस वर्षको ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । जापानले भने टोकियो ओलम्पिक निर्धारित समयमै हुने बताउदै आएको छ ।


प्रकाशित | ७ चैत्र २०७६, शुक्रबार २१:०६