कर्णाली राजमार्ग सञ्चालनमा

कालिकोट : कर्णली राजमार्ग सञ्चालनमा आएको छ । वर्षाका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएसँगै बिहानैबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प थियो। शनिबार र आइतबार दुई वटा डोजर प्रयोगमा ल्याएर पहिरो पन्छाएको सोमबार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएको हो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ११:३२