८ बुँदे सहमती भएपछि २८ औं दिनमा डा गोविन्द केसीले तोडे अनशन

काठमाडौं । सरकारसँग ८ बुँदे सहमती भएपछि डा गोविन्द केसीले २८ औं दिनमा अनशन तोड्नु भएको छ । डा केसीलाई सरसफाई कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस पिलाएका अनशन तोडाउनु भएको हो । अनसन तोडेपछि डा केसीलाई आइसियुमा भर्ना गरिएको छ।

शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको थियो । डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनशन थाल्नु भएको थियो ।


प्रकाशित | २५ आश्विन २०७७, आईतवार १०:४०