सन्दीपको टोरन्टो ग्लोबल टी–२० बाट बाहिरियो

काठमाडौं: नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० बाट बाहिरिएको छ । पहिलो ईलिमिनेटर खेलमा विन्निपेग होक्ससंग पराजित हुदै टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो ईलिमिनेटर खेलमा विन्निपेगले टोरन्टोलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गर्यो । २ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ दशमलव १ ओभरमा २ सय १ रन बनाउँदा खेल अवरुद्व भएको थियो । तर खेल सुचारु हुने अवस्था नभएपछि डीएल पद्वतिका आधारमा होक्स २ रनले विजयी बन्न पुग्यो । होक्सको जितमा जेपी डुमिनी एक्लो नायक बने । उनले ४१ बलमा नटआउट ८५ रन बनाए ।

सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । सन्दीपले टोरन्टोको टिमका स्थान बनाउँदा अर्का नेपाली बलर सोमपाल भने होक्सको टिममा अटाउन सकेनन् । पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । हेनरिक क्लासेनले नटआउट १ सय ६ रन बनाएका थिए । रोड्रिगो थोमसले ७३ रन बनाए । होक्स इलिमिनेटरमा जित निकाल्दै दोस्रो क्वालिफायर पुगेको छ । टोरन्टो लिग चरणमा तेस्रो र होक्स चौंथो स्थानमा रहेर प्ले अफमा पुगेका थिए ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:५१