जमैकाकी टोनीलाई ‘मिस वर्ल्ड’को उपाधि, नेपालकी अनुष्का उत्कृष्ठ १२ भित्र पर्न सफल

लन्डन: जमैकाका लागि टोनी एन सिंले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छिन् । लन्डन एक्सेलमा शनिबार सम्पन्न ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले मिस वर्ल्डको उपाधी जितेकी हुन ।

मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरेकी छिन् ।

नेपालकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितेकी छिन् । साथै प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल भएकी छिन् ।

यस वर्ष विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।


प्रकाशित | २९ मंसिर २०७६, आईतवार ०८:४७