पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी पक्राउ परिन्

इस्लामाबाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा मुस्लिम लिगकी उपाध्यक्ष मरियम सरिफ पक्राउ परेकी छन् । ‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’का अनुसार बिहीबार उनी जेलमा रहेका आफ्ना बावुलाई भेटेर फर्कने बेला पक्राउ परेकी हुन् । पाकिस्तानमा ठूलो मानिएको चौधरी सुगर मिल्स मुद्दामा मरियम पनि संलग्न रहेको भन्दै उनीमाथि मुद्दा थियो । उनी अहिले हिरासतमै रहेको स्थानीय मिडियाले जनाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:०८