कश्मीरी महिला र बालबालिकाबारे नोबेल पुरस्कार विजेता मलालाको चिन्ता

इस्लामाबाद : नोबेल पुरस्कार विजेता तथा पाकिस्तानी अभियन्ता मलाला युसफ्जाइले कश्मीरका महिला तथा बालबालिकाबारे चिन्ता व्यक्त गरेकी छन् । भारत सरकारले कश्मीरको स्वायत्तता खारेज गरेपछि त्यहाँका महिला र बालबालिकाको सुरक्षामा मलालाले चिन्ता व्यक्त गरेकी हुन् । ‘म बच्चा भएदेखि नै, मेरी आमा र बा बच्चा भएदेखि नै, मेरा हजुरबा युवा हुँदादेखि नै कश्मीरका जनता द्वन्द्वमा बाँच्दैआएका छन्,’ मलालाले आफ्नो ट्वीटमा लेखेकी हुन् ।

२२ वर्षीया मलालाले यस क्षेत्रमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘म आज कश्मीरी महिला र बालबालिकाको सुरक्षाबारे चिन्तित भएको छु ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार ०९:५८