साग फुटबलका लागि मैदान स्तरोन्नति गरिँदै

काठमाडौं : नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० को महिला फुटबलका लागि आवश्यक अभ्यास मैदान स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ ।

पोखरा महानगरपालिका–१९ स्थित गोष्तेघाट तथा वडा नं– २५ स्थित गौरीशङ्कर माविको खेलमैदानलाई अभ्यास मैदान बनाउने उद्देश्यले साग अगाडिनै ती दुबै मैदान स्तरोन्नतिको काम सम्पन्न गरिसक्ने योजना छ । विजयपुरस्थित नेपाली सेनाको हाताभित्र रहेको मैदानलाई पनि अर्को अभ्यासस्थल बनाउने योजना छ ।

गोष्तेघाट खेल मैदानको निर्माणका लागि राष्ट्रिय खेलकूद परिषद्ले यसवर्ष रु एक करोड बजेट विनियोजन गरेको छ भने पोखरा महानगरले रु ५० लाख बजेट विनियोजन गरेर धमाधम निर्माण कार्य भइरहेको छ ।

सो मैदान निर्माणका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमानसिँह भण्डारीले बताउनुभयो । मैदानलाई सम्माउने र ‘चेञ्जिङ रुम’ निर्माणको शुरुआत् गरिएको बताउँदै उहाँले असोजभित्रमा निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

पोखरा महानगर २५ स्थित गौरीशङ्कर खेल मैदानमासमेत यति बेला धमाधम दूबो रोप्ने, ‘प्यारापिट’ तथा ‘चेञ्जिङ रुम’ निर्माणको तयारी गरिएको छ । गतवर्ष राखेपको रु ५० लाखले मैदान सम्याउने र नाली बनाउने काम सम्पन्न भएकोमा यस वर्षमा उक्त मैदानका लागि थप रु एक करोड करोड आएको थियो ।

पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिस्तरको फुटबल रङ्गशालामा सागको महिला फुटबल खेल सञ्चालन गर्ने तयारी गरिएको छ । सोही रङ्गशालामा खेल सञ्चालन हुने भएकाले राष्ट्रिय खेलकूद परिषद्९राखेप०ले आगामी कात्तिक १५ गते अगावै मैदान निर्माणको सम्पूर्ण काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ ।

अभ्यास मैदानका लागि तोकिएका निर्माणाधीन दुई मैदानको निरीक्षण गर्दै राखेपका सदस्य राजेश गुरुङ नेतृत्वको खेलकूद सङ्घका पदाधिकारीको टोलीले दुबै अभ्यास मैदानको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

सदस्य गुरुङले पोखरामा सागको तयारी शुरु भइसकेको र समयमै आवश्यक पूर्वाधार निर्माण गरेर प्रतियोगितालाई भव्य बनाइने बताउनुभयो । सागमा सात खेल पोखरामा खेलाउने तयारी गरिएको छ ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १९:५२