नौ अर्बको ट्रेजरी बिल बिक्री गर्ने तयारीमा नेपाल राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी गरेको छ । बैंकले सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आइतबार एक सूचना जारी गर्दै बिक्री गर्न लागिएको जानकारी गराएको हो ।बैंकका अनुसार छ अर्ब रुपैयाँ बराबरको टे«जरी ३ सय ६४ दिनका लागि, एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १ सय ८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ। बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो। टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०८:०५