कांग्रेसमा पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी

काठमाडौँ : कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भन्नुभयो, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौँ । कहाँ के भएको छ भनेर रहेछ विवरण राख्न माग गरिएको हो ।’ यो समाचार आजके नँया पत्रिका दैनिकमा छ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०७:५०