कप्तान प्लेसिसलाई वर्ष क्रिकेटर अवार्ड

एजेन्सी: दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले पुरुष वर्ष क्रिकेट खेलाडी अवार्ड जितेका छन् । क्रिकेट दक्षिण अफ्रिकाले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा प्लेसीसले ‘दक्षिण अफ्रिका क्रिकेटर अफ दि ईयर’ अवार्ड जितेका हुन् । प्लेसीस दक्षिण अफ्रिका क्रिकेटको सबै फर्म्याटका कप्तान हुन् । र, प्लेसीस यस अवार्ड पाउने ११ औं खेलाडी हुन् ।

यस्तै प्लेसीसले एकदिवसीय क्रिकेटर अफ दि ईयर अवार्ड समेत जितेका छन् । क्विनटन डी ककले टेष्ट क्रिकेटर अफ दि ईयर अवार्ड जित्दा डेभिड मिल्नरले टी-ट्वान्टी क्रिकेटर अफ दि ईयर अवार्ड जितेका छन् ।  महिलातर्फको वर्ष खेलाडी अवार्ड डान भान निएकेर्कले जितेकी छिन् ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १२:२३