साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

काठमाडौं: निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना हुनुभएका ९६ वर्षीय उहाँको स्वास्थ्य अवस्था आज सुधार भएको उहाँका नाति अवनी दीक्षितले जानकारी दिनुभयो । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १०:१३