क्यानडाबाट प्रमिला बस्नेतको एनआरएनए आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवशेनमा क्यानडाबाट प्रमिला बस्नेतले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०१५ देखी २०१७ मा एनआरएनए क्यानडाको महिला संयोजक र हाल क्यानाडाबाट अन्तर राष्ट्रिय समन्वय परिषद्को सदस्य रहनु भएको बस्नेतले आगामी महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

बस्नेतले सामाजिक सेवाको क्षेत्रमा अहिलेसम्म काम गरेको अनुभब र ब्यक्तिगत निष्ठाको आधारमा वर्तमान परिस्थितिको मागअनुसार सक्षम महिला संजोजकको भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वासले उम्मेदवारी दिने निर्णयमा पुगेको विश्व सन्देश अनलाईनलाई जानकारी गराउनुभयो । बस्नेतले विश्वभरीका दिदीबहीनीहरुको आफूलाई पूर्ण साथ र सहयोग समेत मिल्ने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार १९:४८