माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने विषयमा सम्झौता

काठमाडौं : माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक इन्स्योरेन्सबीच बिमा सेवादिने विषयमा सम्झौता भएको हो । सम्झौतामा माछापुछ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामश्वर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरू बिक्री गर्ने जनाएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानीफिर्ता बिमा योजना सार्वजनिक गर्दै इन्स्योरेन्सले हालसम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १९:१५