बच्चालाई पहिले माया, अनि सिकाई : शिक्षाविद् भट्टराई

भक्तपुर : बालबालिकालाई पहिले माया दिएर नया“ कुरा सिकाउ“दा प्रभावकारी हुुने धारणा विज्ञहरुले दिएका छन् ।
‘साना नानीबाबुलाई पहिले माया दिऔं अनि प्रशंसा गर्दै सुुझाव दिऔं । त्यसो गर्दा बच्चालाई नया“ चीज सिक्न ध्यान जान्छ’, नया“ ठिमी, बालकोटस्थित जुरिच किण्डरगाट्रेनले बिहीवार आयोजना गरेको कार्यक्रममा शिक्षाविद् अञ्जु भट्टराईले भन्नुभयो ।

स्थापनाको पहिलो वर्षको सन्दर्भमा जुरिचले राखेको ‘एक्टिभ प्यारेन्टिङ्ग सेसन’मा भट्टराई प्रमुुख वक्ता हुनुहुन्थ्यो । स्थानीय समाजसेवी, राजनीतिकर्मी, विभिन्न पेशा व्यवसायी, अविभावकसहित सहभागी कार्यक्रममा अक्षरा स्कुल का“डाघारीकी संस्थापक प्रिन्सिपल एवं निर्देशक समेत रहेकी भट्टराईले बाल मनोविज्ञान, पुर्व प्राथमिक( मन्टेश्वरी, किन्डरगाट्र्रेन) तहमा दिइने शिक्षालगायतमा केन्द्रित भई धारणा राख्नुभएको थियो । पुर्व प्राथमिक तहका अन्तर्राष्ट्रिय मूल्य मान्यता नजिक रहेर जुरिच किन्डरगाट्रेन सञ्चालन भएको आफूले पाएको भन्दै उहा“ले भक्तपुरमा यस्तो शैक्षिक संस्था स्थापना भएकोमा खुशी प्रकट गर्नुभएको थियो ।

६ वर्ष सम्मका बालबालिका बढी जिद्दी स्वभावको हुने, जिज्ञासु बन्ने भएकाले अविभावक र शिक्षकले उनीहरुको मनोभावना बुझेर शिक्षा दिनु पर्ने सुझाव उहा“को थियो । बच्चाको रुची र प्रकृति बुझ्नुपर्ने, अविभावकले पनि पर्याप्त समय दिनुपर्ने भट्टराईले बताउनुभयो । उहा“ले नैतिक शिक्षा, संस्कार घर र पाठशालाबाटै सिकाउनुपर्ने भएकाले त्यसतर्फ पर्याप्त ध्यान दिन शिक्षक र अविभावकसमेतलाई आग्रह गर्नुभएको थियो ।
भट्टराईले आगामी दिनमा अक्ष्ँरा स्कुल का“डाघारी र जुरिचबीच शैक्षिक क्रियाकलाप र अनुभव आदान प्रदान हुने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी एवं शिक्षाविद् बाबुकाजी कार्कीले मन्टेश्वरी शिक्षा घरको जग जस्तै भएकाले जति राम्रो वातावरणमा शिक्षा दियो विद्यार्थी पछि त्यति राम्रो हुने धारणा राख्नुभयो । जुरिचले स्थापनाको छोटो अवधिमै बालमनोविज्ञानमा केन्द्रित भई पठनपाठन प्रभावकारी ढंगले सुरु गरेको भन्दै सफलताको शुभकामना समेत दिनुभयो ।

प्रख्यात साहित्यकार एवं योग प्रशिक्ष्ँक डा.विश्वनाथ प्रेमले सूर्यविनायक नगरपालिकाभित्र यति धेरै सुविधासहित स्कुल खुल्नु अविभावकहरुका लागि सुखद पक्ष रहेको सुनाउनुभयो । ‘आजका विद्यार्थीलाई नैतिक शिक्षा, योगामा ध्यान दिइनुपर्छ । जति सानामा यी कुरा अवलम्वन गराउन सक्यो । त्यति व्यक्तित्व बन्दै जान्छ’, जुरिचमा नियमित योगाको कक्ष्ाँ समेत भएकोमा खुशी राख्दै डा.प्रेमले सुनाउनुभएको थियो ।

पूर्व सभासद केदार सञ्जेल, ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष् कृष्णप्रसाद ढुंगेल, सूर्यविनायक नगरपालिका वडा नम्बर ३ का सदस्य घनश्याम भट्टराई, अध्यात्म जागरण अभियन्ता पण्डित रामप्रसाद सुवेदी, शरणबहादुर केसी, गोकर्ण राउत, शंकर कार्की, दिपक ढुगेल, जुरिचका निर्देशक अमृत राउत, विष्णुप्रसाद खनाल, अविभावकका तर्फबाट लालबहादुर रोकाया, सुधा रिमाल, नागेन्द्रप्रसाद दाहाल, समीश खतिवडा, सुमित्रा रिमाल, यन्त्रदेव शर्मा, राजनप्रसाद गौतम, डा.नेहा यादव, शम्भुप्रसाद जोशी, गंगाराम श्रेष्ठसहितले विद्यालय शिक्षाका विषयमा विभिन्न जिज्ञासा, धारणा र सुझावहरु दिएका थिए । जुरिच किन्डरगाट्र्रेन व्यवस्थापन समिति अध्यक्ष्ँ शान्तबहादुर बस्नेतले आगामी दिनमा अविभावकहरुका सल्लाह, सुझाव साथै लिएर अघि बढ्ने दृढता राख्नुभएको थियो ।


प्रकाशित | १६ श्रावण २०७६, बिहीबार १७:४९