प्रधानमन्त्रीलाई बुटवलमा कालो झण्डा

बुटवल: जितगढी विजयोत्सवमा आउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । प्रधानमन्त्री ओलीले मन्तव्य दिइरहेका बेला एक युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलीरहँदा ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाउनुभएको हो ।

घिमिरे कुन पार्टी निकट हुन् भन्ने हालसम्म पहिचान भइनसकेको प्रहरीले जानकारी दिएको छ। कालोझण्डा देखाए लगत्तै प्रधानमन्त्रीले मन्तव्य केहिवेर रोक्नु भएको थियो । घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।  कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी हुनुहुन्थ्ययो ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १५:३९