हिउँपहिरोमा परेका ३ तीर्थयात्रु अझै बेपत्ता

डोल्पा : हिउँपहिरोमा परि बेपत्ता रहेका ३ तीर्थयात्रु अझै बेपत्ता छन् । यहि चैत्र १७ गते देखि शे गुम्बाको शेल्रीढुक्टा भन्ने तीर्थमा घुम्न गएका तीर्थ यात्रु अझै फेला पर्न सकेका छैनन् । शेफोक्सुण्डो गाउँपालिका ३ शे गुम्बाबाट तीर्थ गएका ३ जना हिउँ पहिरोमा परी बेपत्ता रहेको र खोजी कार्य भए पनि भारी हिमपातका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । हिउँ पहिरोमा परि शे फोक्सुण्डो गाउँपालिका ३ का ३७ वर्षीय फुर्वा ठिन्लया गुरुङ, १८ वर्षीय पेमा कुन्साङ गुरुङ र ३ का १२ वर्पीय फुन्छोक गुरुङ हिउँ पहिरोमा वेपत्ता छन् ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १५:३१