
टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले आज साझ टोकियोस्थित शिनओकुवोको गजेवो रेष्टुरेन्टमा महाधिवेशन प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम राख्नु भएको छ ।
काठमाडौंमा अध्यक्षमा उम्मेदवार घोषण गरेलगत्तै जापानमा पुग्नु भएको श्रेष्ठले जापानबाट छनौट भएका महाधिवेशन प्रतिनिधिहरुसँग आज भेटघाट कार्यक्रम राख्नु भएको हो ।
भेटघाट कार्यक्रम बेलुका ७ बजे हुनेछ । कार्यक्रममा सहभागिताका लागि अध्यक्षका उम्मेदवार श्रेष्ठले सबै प्रतिनिधिहरुलाई आह्वान गर्नु भएको छ ।

प्रकाशित | ३ आश्विन २०८०, बुधबार १२:१२